
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले धरहरा क्षेत्रमा सर्वसाधारणको लागि आजबाट निःशुल्क पार्किङ सेवा दिने भएको छ । न्युरोड क्षेत्रमा महानगरले पार्किङ निषेध गरेपछि विकल्पको रूपमा धरहरा र काठमाडौं टावरमा आजबाट निःशुल्क पार्किङको ब्यवस्था मिलाइएको हो ।
महानगरपालिकाले न्युरोड सडकमा सवारी पार्किङ निषेध गरे लगत्तै सवारी चालकहरूलाई सहजताका लागि आजबाट लागू हुने गरि पार्किङ स्थल उपलब्ध गराउन लागेको महानगरले जनाएको छ ।
अनुसार धरहरा क्षेत्रका साथै पुरानो बसपार्क (काठमाडौं टावर) क्षेत्रमा सर्वसाधारणका लागि निःशुल्क पार्किङको व्यवस्था मिलाएको महानगर प्रहरी बलका प्रमुख नगर प्रहरी वरिष्ठ उपरीक्षक राजुनाथ पाण्डेले जानकारी दिनुभयो। उहाँका अनुसार ५० हजार स्क्वायर फिट क्षेत्रफलको क्षेत्रमा निःशुल्क पार्किङका लागि ठाउँ उपलब्ध हुने बताउनुभयो। सो क्षेत्रमा पार्किङको लागि कुनै शुल्क नलाग्ने उहाले बताउनुभयो ।