दीपेन्द्र सुनार
सैतामारे । प्यूठानका एक युवक भारतमा बेपत्ता भएका छन ।
झिमरुक गाउँपालिका वडा नम्बर १ सौतामारे तल्लाबारी निवासी ३१ वर्षका राजु जि.सी. भारतको दादरीबाट तीन दिन देखि बेपता भएको अखिल भारत एकता समाज हरियाणाका नगरकमिटी सदस्य रमेश जि.सी. ले बताउनुभयो ।
उहाँका अनुसार राजु र उहाँका बुबा छबिलाल जि.सी. रोजगार को लागि भारत पुग्नुभएको थियो । “राजु केही दिन देखि डिप्रेसनमा परेका रहेछ्न,” जिसीले भन्नुभयो, “बाबु छोराले करिब दस मिनेटमा अन्तरमा काम गर्ने भएपनी रातको समयमा कसैलाई जानकारी नगराइकन काम गर्ने ठाउँबाट हिडेको रहेछन ।”
संगै भारतमा मजदुर गर्न आएको छोरा भारतमा हराएपछी छोरा खोज्न अथक प्रयास गरेपनि फेला पार्न नसकिएको बुबा छबिलाल जि.सी. ले बताउनुभयो । राजु लाई भेटाएमा 9034659563 मा सम्पर्क गरिदिन समेत उहाँले अपिल गर्नुभएको छ ।