दाङ । दाङमा एक ब्यक्तिले आफ्नो श्रीमती र छोराको हत्या गरेका छन । जिल्ला प्रहरी कार्यालय दाङमा कार्यरत प्रहरी जवान पिमलाल नेपालीले श्रीमती टीका विक र अढाई वर्षीय छोरा सुशान्त नेपालीको हत्या गरि आत्मसमर्पण गरेका हुन ।
आइतबार बिहान ७ बजेतिर आपसी विवाद भएपछि सलले घाँटी कसेर श्रीमती र छोराको हत्या गरेको नेपालीले आफैंले स्वीकार गरेकाे जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी जनकबहादुर मल्लले जानकारी दिनुभयो ।
शनिबार राति कार्यालयबाट बिदा मागेर गएका नेपाली घोराही- १५ स्थित एक हाेटलमा बास बसेका थिए । श्रीमती र छोराको हत्यापछि नेपाली आफैं प्रहरी कार्यालयमा उपस्थित भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
नेपाली लामो समय नेपालगञ्जस्थित प्रहरी तालिम केन्द्रमा कार्यरत थिए । उनी दुई महिनाअघि मात्रै सरुवा भएर दाङ आएका थिए । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।