
दाङ। दाङको तुलसीपुरबाट काठमाडौं जाँदै गरेको यात्रुबाहक बस घोराही-लमही सडक खण्डमा दुर्घटनामा परेको छ । बिहिवार दाङको तुलसीपुर देखि काठमाडौं जाँदै गरेको रा१ख ३१३२ नम्बरको यात्रुबाहक बस अनियन्त्रित भइ लमही नगरपालिका-६, स्थित कुलमोहर नजिक दुर्घटनामा परेको थियो । बसमा सवार ३२ जना सबै यात्रुहरू सकुशल रहेका प्रहरीले जनाएको छ।
सामान्य दुर्घटना भएको र कुनै मानवीय क्षति नभएको वडा प्रहरी कार्यालय लमहीका प्रहरी प्रमुख शंकर श्रेष्ठले जानकारी दिनुभयो । घटनास्थलमा सशस्त्र प्रहरी बल नेपाल नं. ४१ रिजर्भ गण अर्जुनखाेला, वडा प्रहरी कार्यालय लमही र अस्थायी ट्राफिक पाेष्ट लमहीबाट सुरक्षाकर्मीहरु उद्धारमा खटिएका छन् ।
दुर्घटना रातिको समयमा भएकोले बसमा सवार यात्रुहरु केही समय सडकमै अलपत्र परेका थिए। पछि प्रहरीको सहयोगमा गन्तव्यमा पठाइएको जनाइएको छ।
फोटो : पत्रकार दशरथ घिमिरे