लमही । दाङको देउखुरीमा स्कारपियोको ठक्करबाट दिदि बहिनीको मृत्यु भएको छ ।

झिमरूक गाउँपालिका-८, गोब्दी प्यूठान स्थायी घर भइ हाल राप्ती गाउँपालिका-८ पिपरी बस्ने ३५ वर्षीया राधा बस्नेतको लमही अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ ।

ठक्करबाट १६ वर्षीया बिपना केसीको उपचारका क्रममा बुटवलमा मृत्यु भएको छ । पूर्वबाट पश्चिम तर्फ गईरहेकाे प्र ३-०१०२२ च १३६९ नम्बरको स्कारपियाेले सोही दिशा तर्फ गइरहेको साइकललाई ठक्कर दिएको थियो ।

लमही- भालुवाङ सडक खण्डको राप्ती गाउँपालिका- ८ पिपरीमा साइकलमा सवार दिदिबहिनीलाई ठक्कर दिएको थियो । ठक्कर दिने गाडीका चालक फरार रहेका छन् । घटना बारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय