अर्घाखाँची । अर्घाखाँचीमा ट्याक्टर दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ । सन्धिखर्क नगरपालिका-१० धरमपानीमा लु ३ त ६४८ नम्बरको ट्याक्टर दुर्घटना हुदा १ जना बालकको मृत्यु भएको हो ।

मृत्यु हुनेमा सन्धिखर्क नगरपालिका-९ राजुपानी निवासी अन्दाजी १४ वर्षिय सन्दिप बिक रहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरीक्षक दिपेन्द्र रावलले जानकारी दिनुभयो ।

मुढा बोकेको ट्याक्टर आदर्श आधारभूत विद्यालयको घुम्तिमा ट्रली फुत्कीएर दुर्घटना भएको थियो । ट्रलिमा रहेका काठका मुढाले च्यापिएर बिकको घटनास्थल मै मृत्यु भएको हो । घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर