अनिल खत्री गुल्मी । गुल्मीमा धनिश्वर गाैतमकाे नेतृत्वमा नेपाल निर्माण उद्योग परिषद् गठन भएको छ ।  जिल्ला सदरमुकाम तम्घासमा बसेको निर्माण व्यवसायीको प्रथम भेलाले गौतमको अध्यक्षतामा १५ सदस्यीय जिल्ला कार्य समिति चयन गरेको हो ।

जसको उपाध्यक्षमा नारायण खत्री, सचिव अनुप लाखे, कोषाध्यक्षमा लोकनाथ भण्डारी चयन भएका छन् । निर्माण व्यवसायका क्षेत्र देेखा परे समस्या समाधान गर्ने उदेश्यले समिति गठन गरिएको निर्माण व्यवसायी संघ गुल्मीका अध्यक्ष नारायण पोखरेलले बताउनुभयो ।

पछिल्लो समय निर्माण व्यवसायका क्षेत्रमा व्यवसायीले काम गरेको भुक्तानी नपाउने लगायतका समस्याहरु देखा परेका छन् । निर्माण व्यवसायलाई मर्यादित बनाउदै व्यवसायीक हक हितको लागि काम गर्ने नवनिर्वाचित अध्यक्ष धनिश्वर गौतमले बताए । संस्थामा १ सय ५० जना सदस्य आवद्ध रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय