प्यूठान । कम्प्युटर एशोसिएसन नेपाल महासंघ जिल्ला शाखा प्यूठानको सातौं साधारणसभा तथा चौथो जिल्ला अधिबेशन सम्पन्न भएको छ। सोमबार प्यूठानको बाग्दुला स्थित जनता माध्यमिक बिद्यालयको सभाहलमा भएको चौथो जिल्ला अधिबेशनले एकराज बुढाथोकीलाई अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको छ । बन्दसत्रले बुढाथोकीको नेतृत्वमा नौं सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको हो ।

क्यान महासंघ जिल्ला शाखाको कार्यसमितिको उपाध्यक्षमा मौसम भण्डारी, सचिवमा प्रकाश भट्टराई, कोषाध्यक्षमा वासुदेव गिरी र सह-सचिवमा कमला सुनारलाई निर्विरोध चयन गरेको छ। त्यस्तै सदस्यहरुमा सरोज पोख्रेल, सीता भण्डारी, सम्भु सुनार र मनिस खत्रीलाई चयन गरेको क्यान महासंघले जानकारी दिएको छ।

निर्वाचित पदाधिकारीलाई क्यान महासंघका केन्द्रीय उपाध्यक्ष धुर्वराज शर्मा (सुदिप) र निवर्तमान अध्यक्ष तुलस बहादुर रोका र सल्लाहकार सुवास घिमिरेले टिका र खादा लगाई स्वागत गर्नुभएको थियो ।

कार्यक्रममा प्रमुख अथिती क्यान महासंघका केन्द्रीय उपाध्यक्ष धुर्वराज शर्मा (सुदिप)ले सूचना र प्रविधिको प्रयोगबाट समाजमा हुने विभिन्न खालका अपराधका घटना तथा साइबर खतरा नियन्त्रणमा चुनौती रहेकोले सरकारलेले आवश्यक नीति निर्माण गरि नियमन गर्नुपर्ने बताउनुभयो । राज्यले आवश्यक कानुनहरू बनाएर आइटी क्षेत्रमा लगानी गर्नुपर्ने उहाँको सुझाव छ ।

त्यस्तै कार्यक्रम पत्रकार बासुदेब गिरीले पछिल्लो समय साइबर सुरक्षामा निकै चुनौती बढेकोले भन्दै नागरिक सचेत हुनुपर्ने बताउनुभयो । जिल्लामा सूचना प्रविधिको अवस्था चुनौतीपूर्ण छ । बिकास बिस्तार र चुनौतीलाई व्यवस्थापन गर्दै जानुपर्ने बताउनुभयो ।

इन्टरनेट पहुँचको कमी, इन्टरनेट सेवाप्रदायक संस्थाको मानोपोली, कमजोर डिजिटल पूर्वाधार र सूचना प्रविधिमा जनशक्तिको अभाव, प्रयोगमा असुरक्षा मुख्य चुनौती रहेकोले यसतर्फ सबै सरकार जिम्मेवार भएर पहुँच बिस्तार र साइबर सुरक्षाको नियमन गर्नुपर्ने बताउनुभयो । सूचना प्रविधिको सहि प्रयोग हुन नसक्दा झन समस्या हुने गरेकोले ब्यवस्थापन ध्यान दिनुपर्ने बताउनुभयो ।

त्यस्तै कार्यक्रममा मन्तव्य राख्दै पुर्व अध्यक्ष सुवास घिमिरेले द्रुत गतिमा विकास भइरहेको सूचना र प्रविधिको समुचित प्रयोग गर्न नसक्दा विभिन्न समस्याहरू सिर्जन भइरहेकाले सूचना र प्रविधिको व्यवस्थित प्रयोग गर्न र गराउन राज्यले भूमिका खेल्नु पर्ने बताउनुभयो ।

चौथो अधिबेशनबाट निर्वाचित कार्यसमितिले आफ्नो कार्यकालमा क्यानका सदस्यहरूलाई सक्रिय बनाई सदस्यहरूको बिश्वास जित्दै जिल्लाको सूचना प्रविधिको समग्र क्षेत्रको विकास गर्दै क्यान महासंघको गरिमा उच्च बनाउने छ भन्ने विश्वास लिएको निवर्तमान अध्यक्ष तुलस बहादुर रोकाले बताउनुभयो ।

कम्प्युटर एशोसिएसन नेपाल महासंघ जिल्ला शाखा प्यूठानका अध्यक्ष तुलस बहादुर रोकाको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिब एकराज बुढाथोकीले गर्नुभएको थियो । उपाध्यक्ष मौसम भण्डारीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा अध्यक्ष तुलस बहादुर रोकाले प्रगति प्रतिबेदन र कोषाध्यक्ष प्रकाश भट्टराईले आर्थिक प्रगती प्रतिबेदन पेश गरि अधिबेशनको बन्दसत्रले अनुमोदन गरेको छ ।

कार्यक्रममा संस्थागत र व्यक्तिगत रुपमा आबद्ध सदस्यहरुको उपस्तिथि रहेको थियो । सूचना तथा सञ्चार प्रविधि क्षेत्रको संस्थागत विकाका लागि सन् १९९२ मा गैरनाफामूलक संस्थाको रूपमा स्थापित कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघ सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा कार्यरत जनशक्ति विज्ञ र व्यवसायीहरूको छाता संगठनको रुपमा स्थापित संस्था हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय