
प्युठान । प्रेस चौतारी नेपाल ऐरावती गाउँपालिका शाखाको अध्यक्षमा आशिष कुँवर सर्वसम्मत निर्वाचित हुनुभएको छ । शुक्रबार ऐरावती गाउँपालिकाको बरौलामा आयोजित प्रेस चौतारी नेपाल ऐरावती गाउँपालिकाको प्रथम अधिबेशनले आशिष कुँवरको अध्यक्षतामा ९ सदस्यीय शाखा कमिटी गठन गरेको हो ।
जस्को उपाध्यक्ष रीया गाहा, सचिव सुवास गिरी, सहसचिव सवित कुमार श्रेष्ठ र कोषाध्यक्ष सुजता बुढामगरनिर्विरोध चयन हुनुभएको छ। त्यस्तै सदस्यहरुमा रोसन थापा, यूनिक विष्ट, शिशिर राउत र विपना पुनलाई सर्वसम्मत चयन गरिएको छ।
प्रेस चौतारी नेपाल ऐरावती गाउँपालिका शाखाको प्रथम अधिबेशनको उद्घाटन गर्दै नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सल्लाहकार सुरेश थापाले जनतालाई निश्पक्ष रुपमा सुचना प्रवाह गर्दै गलत प्रवृत्तिको डटेर खबरदारीको लागि कलम चलाउनुपर्ने बताउनुभएको छ । प्रेस चौतारी नेपाल ऐरावती गाउँपालिका शाखाको प्रथम अधिबेशनको प्रमुख अतिथी समेत रहनुभएका थापाले चौतारी संबद्ध पत्रकारहरुलाई रचनात्मक र सकारात्मक कार्यमा लाग्न समेत सुझाव दिनुभयो ।
पालिकाका हरेक गतिविधिलाई मसिनो गरी अध्यन अनुसन्धान गरेर राम्रा नराम्रा बिषयबस्तुहरु जनता बीच ल्याउनुपर्ने उहाँले बताउनुभयो। थापाले हरेक क्षेत्रमा हुने अनियमितता, भ्रष्टाचार र गलत प्रबृत्तिको विरुद्ध समेत शसक्त भएर आफ्ना कलम दरिलो गरि चलाउनुपर्ने बताउनुभयो ।
नेकपा एमाले ऐरावती गाउँ कमिटीका अध्यक्ष टिका बहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सल्लाहकार सुरेश थापा रहनुभएको थियो भने कार्यक्रममा विशेष अतिथिको रुपमा प्रेस चौतारी नेपाल जिल्ला शाखा प्युठानका कोषाध्यक्ष बोम बहादुर परियारको उपस्थिति रहेको थियो। कार्यक्रममा स्थानीय नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो। त्यस्तै उक्त कार्यक्रमको सन्चालन सुनिल पुन मगरले गर्नुभएको थियो।