दाङ । दाङको रिहार नजिकै बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । बर्दिया गेरुवा गाउँपालिका-१ बस्ने ३६ वर्षीय भीमनाथ योगी र मधुवन नगरपालिका -२ अमरपुर गाउँ बस्ने अन्दाजी ३२ वर्षिय युवराज चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय अमिलियाका प्रहरी निरीक्षक लाल बहादुर श्रेष्ठले जानकारी दिनु भयो ।
बर्दिया देखि काठमाण्डौ जाँदै गरेको प्रदेश ३ ०१००५ ख ९७१९ नम्बरको यात्रु बस लमही नगरपालिका -९ रिहार नजिकै गएराती १२ बजे दुर्घटना भएको थियो ।
बसमा सवार अन्य यात्रुहरु सकुशल रहेका छन भने चालक सामान्य घाइते भएको र कोहलपुरमा उपचार भैरहेको प्रहरीले बताएको छ । मृतकहरुको शव लमही अस्पतालमा राखिएको छ । बस के कारण दुर्घटना भयो भन्ने कुराको एकिन भैनसकेको प्रहरीको भनाई छ ।