प्युठान । जिल्लामा सञ्चालित रेडियो पत्रपत्रिका तथा अनलाइनलाई थप व्यवस्थित बनाउनुपर्नेमा जोड दिएको छ । मंगलबार जिल्ला हुलाक कार्यालय प्युठानले आयोजना गरेको कार्यालय र रेडियो पत्रपत्रिका तथा अनलाइनका संचालक सम्पादक तथा प्रतिनिधि सँगको बैठकमा संचार माध्यमहरुलाई दर्ता, नवीकरण तथा सुचिकृत गरेर व्यवस्थित गर्दै संचालन गर्नुपर्ने निष्कर्ष बैठकले निकालेको हो ।

जिल्लामा ५ वटा रेडियोहरु संचालमा रहेकोमा ३ वटा रेडियो सुचिकृत, नवीकरण भएकोमा अन्य रेडियो नवीकरण गर्ने म्याद सकिएकोले समयमै नवीकरण गर्न जिल्ला हुलाक कार्यालय प्युठानका प्रमुख एलबी रावलले रेडियो संचालकलाई अनुरोध गर्नुभएको छ ।

जिल्लामा सञ्चालित सबै संचारमाध्यमलाई दर्ता गरेर ऎन नियम विधि अनुसार संचालन गर्नुपर्ने बताउनुभयो । जिल्ला हुलाक कार्यालय प्रमुख रावलका अनुसार जिल्लामा रहेका सबै संचार माध्यमहरुको तालिका बनएर अनुगमन समेत गर्ने तयारी रहेको जानकारी दिनुभयो ।

रेडियो पत्रपत्रिकाको बिज्ञान प्रणाली र नवीकरण तथा अन्य प्रक्रियामा कार्यालयले आवस्यक सहयोग र समन्वय गर्न संचारकर्मीहरुले कार्यालयलाई अनुरोध गरेका थिए । कार्यालयको तर्फबाट आवश्यक सहयोग र सहजीकरण गर्ने प्रतिबद्धता जनाइएको छ ।

जिल्ला हुलाक कार्यालय प्युठानका प्रमुख एलबी रावलको अध्यक्षतामा भएको बैठकमा रेडियो कृपालुका इमान सिंह भारती, रेडियो झुलेनीका गिरु प्रसाद भण्डारी रेडियो महिला आवाजको शुसिला बुढामगर, रेडियो माण्डबीको भिमकला कवर, विभिन्न संचार सम्बन्ध पत्रकार, कर्मचारी लगाएतको उपस्थिति रहेको थियो भने कार्यक्रमको संचालन जिल्ला हुलाक कार्यालय प्युठानमा कार्यरत खरिदार बिन्दु शाहले गर्नुभएको थियो । सो बैठक जिल्ला हुलाक कार्यालय खलंगा प्युठानको सभाहलमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर