प्यूठान । बेबारिसे अबस्थामा प्रहरीले भर्खर जन्मिएको नवजात शिशु फेला पारेको छ । प्यूठान नगरपालिकाको जुम्रीमा आज बिहान पौने सात बजे शिशु फेला पारेको हो ।

बिहान बच्चा रोएको आवाज स्थानीयले सुनेपछि प्रहरीलाई खबर गरेका थिए । कपडाले छोपेर झोलुङ्गोमा राखेको अवस्थामा बच्चा भेटाएको प्रहरीले जनाएको छ । बच्चालाई अहिले जिल्ला अस्पताल बिजुवार प्युठानमा राखिएको प्रहरी निरीक्षक हुमानन्द खनालले जानकारी दिनुभयो । नबजात शिशु छोरी भएको समेत उहाँले बताउनुभयो ।

बच्चा जुम्रीमा रहेको होटेल आयुष्मा नजिकैको एउटा घरको छेउमा रहेको जस्ताको छाप्रोमा राखिएको थियो । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर