
प्युठान । जिल्लाको धर्मावती माध्यमिक बिद्यालयले विविध कार्यक्रमको आयोजना गरि आफ्नो ६९ औं वार्षिकोत्सव मनाएको छ । प्युठान नगरपालिका-६, माझकोट, प्युठानले बुधबार आफ्नो ६९ औं वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको हो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष आकाश भण्डारीको अध्यक्षता, प्युठान नगरपालिका वार्ड नम्बर-६, का अध्यक्ष तथा सामाजिक विकास समितिका संयोजक नरेन्द्र पुन मगरको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा जनप्रतिनिधि, शिक्षक, अभिभावक, स्थानीय सरोकारवाला लगाएतको उपस्थिति रहेको थियो।
बिद्यालयको ६९ औं वार्षिकोत्सव तथा अभिभावक दिवसका अवसरमा विद्यालयले शैक्षिकसत्र २०७८ र २०७९ मा माध्यमिक शिक्षा परीक्षा (एसइइ),आधारभूत तह (कक्षा ८) उत्तीर्ण परीक्षा र कक्षा ५ को वार्षिक परीक्षामा उत्कृष्ट जिपिए ल्याउने विद्यार्थी, उत्कृष्ट सिकाइ उपलब्धि ल्याउन महत्त्वपूर्ण योगदान गर्ने शिक्षक लगाएत विद्यालय खुलेको जम्मा दिनमध्ये सबैभन्दा धेरै दिन विद्यालयमा उपस्थित हुने शिक्षकहरुलाई सम्मान गरिएको छ। कार्यक्रममा शैक्षिकसत्रमा भए गरेको प्रगति प्रतिबेदन र आर्थिक प्रगति प्रतिबेदन प्रस्तुत गरिएको थियो । उक्त दुबै प्रगती प्रतिबेदन अभिभावक भेलाबाट अनुमोदन गरिएको छ ।
कार्यक्रममा बोल्ने बक्ताहरुले बिद्यालयको शैक्षिक, भौतिक र अन्य अतिरिक्त बिकास्को लागि सबैको सहकार्य आवश्यक रहेको बताएका थिए । त्यसको लागि अभिभावक, शिक्षक, विद्यार्थी र स्थानीय सरकारको समन्वय हुनुपर्नेमा जोड दिएको थियो ।