देउखुरी । दाङको राप्ती गाउँपालिकाले दुर्गमका स्थानीय विपन्न परिवारलाई सोलार बत्ती वितरण गरेको छ । शुक्रबार राप्ती गाउँपालिका वडा नम्बर ९, का दुर्गम बस्तीहरु सल्ले, छुचुन्द्रे र अन्तरे गाउँका ४३ जना विपन्न परिवारलाई सोलार बत्ती वितरण गरिएको हो।

गाउँपालिकाको वैकल्पिक ऊर्जा प्रवद्र्धन कार्यक्रम अन्तर्गत विपन्न परिवारलाई सोलार बत्ती वितरण गरिएको राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले बताउनुभयो। पालिकाले विद्युत विस्तार गर्न बाँकी रहेको गाउँका विपन्न परिवार पहिचान गरी प्रत्येकलाई २० वाट क्षमताका साेलार वितरण गरिएको अध्यक्ष बिष्टले जानकारी दिनुभयो। पालिकाले सोलार वितरण गरिदिएपछि स्थानीयहरुकाे दैनिक जीवनयापनमा सहज हुने वडा नम्बर ९ का अध्यक्ष रिम बहादुर सुनारी मगरले बताउनुभयो ।

जिल्लाको राप्ती गाउँपालिका लगायत छिमेकी पालिकाहरुलाई पूर्ण रुपमा विद्युतीकरण पुर्याउने उदेश्यले पालिकाकाे वडा नम्बर २ लालमटियामा विद्युतीय सब-स्टेसन निर्माण प्रक्रिया अघि बढेको पालिकाले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय