प्यूठान । प्यूठान नौबहिनी गाउँपालिकामा पिकअप गाडी दुर्घटना हुँदा २ जना घाईते भएका छन् । शुक्रबार बिहान करिब ८ बजेतिर स्याउलिवाङबाट बाग्दुला जादै गरेको लु प्र ०१–००१ ज ००१० नम्बरको पिकअप नौबहिनी गाउँपालिका-२ लिघा स्थित जौरी विसौनामा दुर्घटना हुँदा दुई जना घाइते भएको हुन ।
दुर्घटनामा परेका चालक र सहचालकमध्ये सह-चालकको टाउकोमा चोट लागेको गाउँपालिका उपाध्यक्ष बिष्णा थापाले जानकारी दिनुभयो। स्थानीयले उद्वार गरी दुबैजनालाई उपचारको लागि जिल्ला अस्पताल बिजुवार लगेर उपचार भैरहेको उहाँले जानकारी दिनुभयो । उहाँहरुको अहिले अस्पतालमा उपचार हुँदैछ। घाइते अवस्था सामान्य रहेको बताइरहेका छ।
घुम्टिमा स्ट्रेरिङ्गले काम नगरेपछि दुर्घटना भएको चालकले बताउनुभयो । जौरी विसौनको घुम्तीमा मोडिन नसक्दा गाडी बाटोदेखि झन्डै १०० मिटर तल खसेको वडा नम्बर २ का वडा अध्यक्ष गोपिराम घर्तीले जानकारी दिनुभयो । उहाँका अनुसार गाडी पूर्णरुपमा क्षतिग्रस्त भएको बताइएको छ। गाडिमा चालक र सहचालक मात्र सवार रहेको प्रहरीले जनाएको छ ।



S.K. Creative Media Group