अनिल खत्री
गुल्मी । अखिल नेपाल महिला संघ गुल्मीको ११ औं जिल्ला सम्मेलन माघ २६ र २७ गते तम्घासमा गर्ने भएको छ । नेकपा एमाले निकट जनवर्गीय संगठन अनेमसंघ गुल्मीको जिल्ला स्तरीय सचिवालय र पालिका अध्यक्ष सहितको बैठकले जिल्ला अधिवेशन गर्ने निर्णय गरेको हो ।
सम्मेलन सम्पन्न गर्नका लागि विभिन्न निर्णयहरु समेत गरिएको छ । जिल्लाका १२ वटै पालिकामा र ९३ वटा वडामा माघ २० गते भित्र प्रतिनिध चयन गर्ने निर्णय गरिएको अनेमसंघ गुल्मीका कार्यबाहक अध्यक्ष सपना पन्थीले बताउनुभयो।

माघ १५ गतेसम्म सदस्यता वितरण तथा बाँकी वडामा पालिका अधिवेशन गर्ने निर्णय भएको छ । त्यस्तै प्रतिवेदन लेखन उपसमिति अध्यक्षमा सपना पन्थी, आर्थिक परिचालन समितिमा कोषाध्यक्ष लक्ष्मी पन्तले गर्ने निर्णय भएको छ ।

त्यस्तै आवास भोजन समितिमा रिता बराल पाण्डे, प्रतिनिधि व्यवस्थापनमा सपना पन्थी बिष्णु बिक, मंच र हल व्यवस्थापनमा शान्ता पोखरेलले गर्ने जिम्मा लगाइएको छ । सांस्कृतिक कार्यक्रमा समितिमा अञ्जु कंडेल, स्वयमसेवक परिचालन समितिमा विमाला केसी, आर्थिक प्रतिवेदन समितिमा लक्ष्मी पन्त, प्रचारप्रसादर समितिमा सावित्रा खड्कालाई जिम्मेवारी प्रदान गरिएको अनेमसंघ गुल्मीले जनाएको छ ।

अधिवेशनलाई भव्य रुपमा सम्पन्न गर्न तयारी सुरु भएको कार्यबाहक अध्यक्ष पन्थीले जानकारी दिनुभयो । बैठकमा नेकपा एमाले केन्द्रीय सदस्य दिनेश पन्थी, जिल्ला अध्यक्ष बालसिंह काउछा, प्रेस चैतारी नेपालका पूर्व केन्द्रिय अध्यक्ष एवं एमाले नेता राजेन्द्र अर्याल लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर