दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले प्रदेश सभामा विश्वासको मत प्राप्त गर्नुभएको छ। शुक्रबार प्रदेश सभामा भएको विश्वासको मत प्रस्तावमा जम्मा उपस्थित सांसद ८६ मध्ये मुख्यमन्त्री महराको पक्षमा ४८ मत र विपक्षमा २८ मत प्राप्त गर्नुभएको हो ।

पछिल्लो समय केन्द्रमा फेरिएको राजनीतिक परिवर्तन र नयाँ सत्ता समीकरण भएसँगै लुम्बिनी प्रदेशमा पनि त्यसको प्रत्येक असर परेपछि नयाँ समीकरण बनेर नेतृत्व फेरिएपछि संवैधानिक रूपले मुख्यमन्त्री महराले विश्वासको मत लिनुभएको हो।

मुख्यमन्त्री महरालाई नेकपा एमालेका २९ जना, माओवादी केन्द्रका १० जना, नागरिक उन्मुक्ति पार्टीका ४ जना, जसपाका ३ जना, नेकपा एकीकृत समाजवादीका एक जना र स्वतन्त्र सांसद खड्क बस्नेत गरी ४८ प्रदेश सांसदको मत प्राप्त भएको छ।

मुख्यमन्त्रीले राखेको प्रस्तावको विपक्षमा कांग्रेस र जनमत पार्टीको २८ मत परेको छ । आज लुम्बिनी प्रदेश सभामा राष्ट्रिय प्रजातन्त्र पार्टी तटस्थ बसेको थियो भने लोकतान्त्रिक समाजवादी पार्टीका सांसद् अनुपस्थित थिए । दुवै पार्टीसँग ३, ३ जना सांसद थिए ।

महरालाई चैत २३ गते शुक्रबार प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको थियो । मुख्यमन्त्री महराले यहीँ चैत २५ गते प्रदेश प्रमुख शेरचन समक्ष शपथ ग्रहण लिनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय