बद्रीनाथ गैह्रे 

यहि माटोमा जन्मेँ हुर्केँ म यहिँ माटोमा बढेँ
सिकाईकाे जग यहि हो जहाँ ककाकिकी पढेँ ।

जिन्दगीको आधारशिला यहि सुन्दर धरती
यसमै टेकी जिन्दगीका खुड्किला मैले चढेँ ।

गुरुहरुको ठूलो देन छ, बाटो देखाउनुमा
त्यहि बाटोमा हिँडी मैले ज्ञानको पूंजी जोडेँ ।

नाम जस्तै दीपकले ज्ञानको ज्योती बालिरह्यो
त्यहि ज्ञानले नै आफूलाई गन्तव्यतर्फ माेडें ।

सपनामा आज पनि यिनै भिरपाखा देख्छु
रहर हैन बाध्यताले यो पावन भूमि छोडेँ ।

याद आउँछन् साथिसंगी अनि मिठाे बाल्यकाल
जहाँ गएपनी याे माटाे मुटुमा सजाई हिडें ।

लेखक धादिङ जिल्लाको प्रमुख जिल्ला अधिकारी हुनुहुन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय