शब्द : सिर्जना थापा, प्युठान ।

छोरी नआतिनु कपडामा रातो दाग देख्दा,
तिमी कहीले नलजाउनु पसलेसँग त्याड माग्दा ।

जुन दिन मेरो शरीरबाट रातो रगत बग्यो,
मेरी आमाको आँखाबाट नअडिने गरी आँसु झर्यो।

मनमनै प्रशन गर्न थालिन् त पनि कति अभागी रहीछेस भनेर।
आमाको मनले आफैं प्रश्नन गर्न थाल्यो, कसरी काटछेस ती रात जुन रात तेरो शरीरबाट निरन्तर रगत बगेको हुन्छ भनेर।

तेरो महिनावरीमा खुशी भएको यो समाज र तेरो बाउले यो ढु: ख कहिले बुझ्ने छैनन्।
तेरो पीडामा हौसाला दिनलाई म पनि त सधै बाँच्ने छैन।

भगवानले भाग लगाउँदा पारीदिएको रातो रगत एउटा अनगिन्ती उपहार हो।
त्यो रातो रगतको दुखाई र पिडालाई मौनतामा सहन सक्नुनै तेरो ठुलो सफलता हो।

तेरो जीवनको अनगिन्ती खुशी त्यो रातो दगले दिने छ।
त्यही रातो दागकै कारण अब यो समाजमा छुटै प्रकारको इज्जत हुने छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय