
प्यूठान । प्युठानका पत्रकार रिखिराम जिसी खेलकुद पत्रकारिता प्रोत्साहन पुरस्कारबाट पुरस्कृत हुनु भएको छ । हाल कास्कीमा कार्यरत पत्रकार जिसी र पत्रकार रोहितराज पराजुलीलाई नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयले आज काठमाण्डौंमा आयोजित एक समारोहका बीच पुरस्कार प्रदान गरेको हो ।
गण्डकी प्रदेशबाट पराजुली र लुम्बिनी प्रदेशबाट प्रतिनिधित्व गर्दै जिसीलाई जनही २५ हजारको साथमा उक्त पुरस्कार २०८० बाट पुरस्कृत गरेको हो ।
नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बु, मन्त्रालयका सचिव रविलाल पन्थले पुरस्कृत व्यक्तिहरुलाई नगद सहित सम्मानपत्र प्रदान गर्नु भएको हो । पत्रकारिताको माध्यमबाट नेपालको खेलकुद क्षेत्रमा पुर्याउनुभएको योगदानको कदर गर्दै मन्त्रालयले हरेक बर्ष यसरी प्रदेश, राष्ट्रिय स्तरका पत्रकारलाई नगद सहित पुरस्कृत गर्दै आएको सचिव पन्थले बताउनुभयो । मन्त्रालयले उक्त पुरस्कारको लागि केही समय अघि आव्हान गरेको थियो ।
पराजुली नयाँ पत्रिकामा आबद्ध हुनुहुन्छ भने जिसी नेपाल प्रेस डटकममा आबद्ध हुनुहन्छ । दुबै जना नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका सदस्य समेत हुनुहुन्छ ।