
काठमाडौं । हङकङमा जारी त्रिकोणात्मक शृंखलाको दोस्रो खेलमा नेपालले पपुवा न्युगिनी(पीएनजी) माथी फराकिलो ८५ रनले जित हासिल गरेको छ । नेपालले दोस्रो खेलमा मंगलबार पीएनजीलाई ८५ रनले हराउँदै फाइनलमा प्रवेश गरेको छ ।
नेपालले दिएको १९९ रनको लक्ष्य पछ्याएको पीएनजी १६.१ ओभरमा सबै विकेट गुमाउँदै ११३ रनमा समेटिएको हो । पीएनजीका लागि हिरी हिरीले सर्वाधिक २८ रन बनाए । त्यस्तै सेसे बाउले २१ रन बनाए भने अन्य ब्याट्सम्यानको प्रदर्शन फितलो रह्यो ।
नेपालले वर्षाका कारण पहिलो खेल रद्द भएपछि हङकङसँग १/१ अंक बाँडेको थियो ।