काठमाडौं । आइसिसी टि-२० विश्वकपको तयारी स्वरूप भारतको राज्यस्तरका टोलीसँग टि-२० प्रतियोगिता खेल्न नेपाली क्रिकेट टोली भारत प्रस्थान गरेको छ । भारतमा हुने फ्रेन्डसिप प्रतियोगिताका लागि बिहिवार नेपाली टोली प्रस्थान गरेको हो ।

नेपाली क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडलले एसिसी प्रिमियर कप महत्त्वपूर्ण रहेको बताउँदै राम्रो नतिजासहित देश फर्कने विश्वास व्यक्त गर्नुभयो ।

फ्रेण्डसिप कप आगामी मार्च ३१ देखि अप्रिल ७ सम्म हुनेछ ।नेपालले मार्च ३१ र अप्रिल ३ मा गुजरात तथा अप्रिल २ र ५ मा बरोडासँग खेल्ने तालिका छ । नेपालले विश्वकप अगाडि संयुक्त अरब इमिरेट्स (युएई) मा एसिसी प्रिमियर लिग समेत खेल्दैछ ।

 

टि- २० विश्वकप जुन १ देखि अमेरिका र वेस्टइण्डिजमा सुरु हुँदैछ । समूह ‘डी’ मा नेपाल, दक्षिण अफ्रिका, श्रीलङ्का, बङ्गलादेश र नेदरल्याण्ड्स छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय