काठमाडौं । भारतमा जारी त्रिकोणात्मक टी-२० सिरिज (फ्रेन्डसिप कप) अन्तर्गत पहिलो खेलमा गुजरातमाथी शानदार जित निकालेको छ । गुजरातलाई ८ विकेटले हराउँदै नेपालले विजयी सुरुवात गरेको हो ।
जितको लागि ९९ रनको सामान्य लक्ष्य पछ्याएको नेपालले १५.२ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो । नेपालको जितमा अनिल शाह ३५ बलमा ३ चौका र १ छक्कासहित ३२ रनमा नट आउट रहे ।
रोहित पौडेल २६ बलमा ३ चौकासहित ३३ रनमा नट आउट रहे ।
नेपालका ओपनर कुशल भुर्तेल १६ बलमा २ छक्कासहित १७ र आसिफ शेख १६ रनमा आउट भए ।