काठमाडौं । भारतमा जारी एसएमएस फ्रेन्डसिप टी-२० कपमा बरोडामाथी नेपालले जीत हात पारेको छ । आजको खेलमा नेपालले २७ रनले बिजयी भएको हो ।

 

टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले कमजोर शुरूवात गरेपनि ६ विकेट गुमाएर १५६ रन बनायो । जसमा कुशल मल्लले अबिजित ४० रन बनाए ।

१५७ को लक्ष्य पछ्याएको बरोडाले पनि शुरूवात राम्रो गर्न सकेन । पुरै ओभर खेल्दा बरोडाले पुरै विकेट गुमाएर मात्र १२९ रन बनायो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय