काठमाडौं । नेपाल ‘ए’विरुद्धको पहिलो एक दिवसीय खेलमा आयरल्यान्ड ‘ए’ बिजयी भएको छ । आयरल्यान्डले २२ रनले खेल जितेको हो ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको आयरल्यान्ड ‘ए’ ले ३८.३ ओभरमा सबै विकेटको क्षतिमा १५७ रन मात्रै बनाएको थियो ।
१५८ रनको सामान्य लक्ष्य पछ्याएको नेपाल २५.३ ओभरमा १३६ रनमा अल आउट भयो ।