काठमाडौं । एक दिवसीय क्रिकेटको सिरिज आयरल्यान्ड ‘ए’ ले ले जितेको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा आइतबार भएको सिरिजको तेस्रो तथा अन्तिम खेलमा आयरल्यान्डले नेपाललाई ६९ रनले हराएसँगै क्लि स्विप गर्दै सिरिज जितेको हो ।

यससँगै आयरल्यान्ड सिरिजमा ३–० ले विजयी भयो । नेपाल आयरल्यान्डसँग पहिलो खेलमा २१ रन र दोस्रो खेलमा ११४ रनले पराजित भएको थियो । जितका लागि २८५ रनको लक्ष्य पछ्याएको नेपाल ३९.४ ओभरमा सबै विकेट गुमाएर २१५ रनमा समेटिएको थियो ।

नेपालका लागि युवा ओपनर अर्जुन कुमालले शतकीय पारी खेलेपनि त्यो जितका लागि सम्भव भएन । कुमालले ११८ बलमा १४ चौकाको सहयोगमा १०२ रन बनाए । यस्तै अर्जुन साउदले ३६, नरेना भट्ट र रुपेश सिंहले १५÷१५ तथा देव खनालले ११ रन बनाए ।
बलिङमा आयरल्यान्डका लागि वेन ह्वाइटले पाँच विकेट लिए । ग्याभिन होयले चार तथा म्याथ्यु फोस्टरले एक विकेट लिए । यसअघि टर जितेर पहिले ब्याटिङ गरेको आयरल्यान्ड ‘ए’ ले निर्धारित ५० ओभरमा नौ विकेटको क्षतिमा २८४ रन बनाएको थियो ।

आयरल्यान्डका लागि स्टेफन डोहिनीले १२९ बलमा ८ चौका र २ छक्काको सहयोगमा १०७ रनको शतकीय पारी खेलेका थिए । यस्तै पिटर मोरले ४४, म्याथ्यु हम्प्रेसले २३, मोर्गन टोपिङले २१, फिओन ह्यान्डले २०, बेन ह्वाइटले अविजित १९ र गाभिन होयले १४ रन बनाए ।
बलिङमा नेपाल ‘ए’ का लागि रिजन ढकाल र रन्जित कुमारले तीन तीन विकेट लिए । विकास आग्री र साहब आलमले एक एक विकेट लिए । पाहुना टोली आयरल्यान्डले यसअघि नेपालविरुद्ध टी–२० सिरिज पनि २–१ ले जितेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय