मुगु । नेपाली सेनाले रारामा सन्चालन गर्दै आएको ट्रेल रनको प्रतियोगितको यो बर्षको उपाधी पुरुष तर्फ अक्कल बढुवाल र महिलातर्फ राज्य लक्ष्मी रावलले प्राप्त गर्नुभएको छ ।

नेपाली सेनाको हनुमानध्वज गुल्म राराले आयोजना गरेको प्रतियोगितामा छायानाथ रारा नगरपालिका – १४ वाम गाउँका अक्कल बढुवाल(१७) ले निर्धारित १६ किलोमीटर १ घण्टा २ मिनेट १० सेकेण्डमा पार गर्दै प्रथम हुनुभएको हो ।

कनकासुन्दरी गाउपालिका -३ का सेर बहादुर बुढाले १ घण्टा २ मिनेट ११ सेकेण्डमा पार गर्दै दोस्रो र कनकासुन्दरी -२ जुम्ला कै चन्द्र रावतले १ घण्टा २ मिनेट २१ सेकेण्ड लगाएर तेस्रो स्थान प्राप्त गर्नुभएको थियो ।

यस्तै महिला सहभागी ३५ जना मध्य गोठिचौर गाउपालिका- ३ गज्याङ्गकोट गाउकी राज्य लक्ष्मी रावल (१९) ले निर्धारित १६ किलोमिटरको दुरि १ घण्टा १४ मिनेट ३३ सेकेन्डमा पार गर्दै प्रथम हुनुभएको हो । पातारासी गाउँपालिका- २ जुम्ला पेडा गाउकि कल्पना बुढाले १ घण्टा १४ मिनेट ५२ सेकेण्ड लगाएर दोस्रो र जुम्लाकै समिता बुढाले १ घण्टा १६ मिनेट ३१ सेकेण्ट लगाएर तेस्रो स्थान हात पार्नुभएको छ ।

शुक्रबार विहान सन्चालन भएको रारा ट्रेल रनमा महिला र पुरुष गरि १ सय ९४ जना खेलाडीले सहभागिता जनाएका थिए । ट्रेल रनमा प्रथम, दोस्रो र तेस्रो स्थान प्राप्त गर्ने महिला तथा पुरुष तर्फका विजेता खेलाडिलाई जनही क्रमश: ५० हजार, ४० हजार र ३० हजार नगद सहित ट्रफी र प्रमाण पत्र वितरण गरिएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय