प्युठान । प्युठानको नौबहिनी गाउँपालिकामा प्रथम अध्यक्ष कप भलिबल प्रतियोगिता हुने भएको छ । लुम्बिनी प्रदेश स्तरीय अन्तर स्थानीय तह पुरुष भलिबल प्रतियोगिता यहीँ पौष १ गतेदेखि ३ गतेसम्म सञ्चालन हुने भएको हो ।

 

जिल्लामा पछिल्लो समय सबैजसो स्थानीय तहले अध्यक्ष कप भलिबल खेल सञ्चालन गर्दै आएका छन् । यसै क्रममा नौबहिनी गाउँपालिकाले पनि प्रदेश स्तरीय अध्यक्ष कप भलिबल खेलकुद गर्ने निर्णय भएको पालिकाले जनाएको छ ।

 

गाउँपालिकाले चालू आर्थिकको स्वीकृत वार्षिक कार्यक्रम अनुसार प्रथम अध्यक्ष कप खेलकुद प्रतियोगिता सञ्चालन गर्न लागिएको गाउँपालिका अध्यक्ष डिलाराम थापाले बताउनुभयो । प्रदेश स्तरीय खेलकुद कार्यक्रमले अन्तर स्थानीय तह बिचको सम्बन्ध स्थापित गर्दै खेलाडीको चौतर्फी बिकासमा सहयोग पुग्ने अपेक्षा गाउँपालिकाले लिएको अध्यक्ष थापाले बताउनुभयो ।

 

अध्यक्ष थापाका अनुसार अध्यक्ष कप खेलकुद प्रतियोगितामा पुरस्कर राशी प्रथम रु १ लाख ५० हजार, द्वितीय रु १ लाख र तृतीय रु. ५० हजार ट्रफी, मेडल र प्रमाणपत्रको उपलब्ध गराइने छ ।

खेलमा लुम्बिनी प्रदेशका १२ जिल्लाका १ सय १० स्थानीय तहबाट पुरुष भलिबल खेलाडीहरु सहभागी हुन पाउने प्रमुख प्रशासकीय अधिकृत शिवराज पौडेलले बताउनुभयो ।

नौबहिनी गाउँपालिका-६ बहाने स्थित कुनौटा खेलमैदानमा भलिबल खेलकुद प्रतियोगिता सञ्चालन गरिने गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय