प्यूठान । जिल्लाको माण्डवी गाउँपालिकामा अध्यक्ष कप प्रतियोगिता अन्तर्गत भएका विभिन्न खेल सम्पन्न भएको छ । शुक्रबार देखि गाउँपालिकाको आयोजनामा माण्डवी-३ नयाँगाउँ स्थित मार्सिवाङ खेल मैदानमा भएको प्रतियोगिताको आइतबार एक कार्यक्रमका बिच सम्पन्न गरिएको हो ।

दोस्रो अध्यक्ष कप प्रतियोगिताको पुरुष भलिबल तर्फ प्रथम माण्डवी-५ रम्दी, दोस्रो माण्डवी-२ मर्कावाङ र तेस्रो माण्डवी-४ उदयपुरकाेटले बिजयी हासिल गरेको छ । त्यस्तै महिला भलिबल तर्फ प्रथम माण्डवी-५ रम्दी, दोस्रो माण्डवी-३ नयाँगाउँ र तेस्रो माण्डवी-४ उदयपुरकोटले प्राप्त गरेको प्रमुख प्रशासकीय अधिकृत भिमकान्त भण्डारीले जानकारी दिनुभयो ।

यस्तै क्रिकेट तर्फ प्रथम माण्डवी-५ रम्दी, दोस्रो माण्डवी-३ नयाँगाउँ र तेस्रो माण्डवी-४ उदयपुरकोटका खेलाडीले बिजयी प्राप्त गरेको गाउँपालिकाले जनाएको छ ।

प्रतियोगिताका प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने समुहका खेलाडीलाई नगद चालीस हजार, तिस हजार, बिस हजार र ट्रफी, मेडल र प्रमाणपत्र हस्तान्तरण गरिएको हो । प्रतियोगितामा प्रत्येक बिधाका एक, एक जना उत्कृष्ट खेलाडीलाई नगद पाँच हजार रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र वितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत भण्डारीले जानकारी दिनुभयो। त्यस्तै प्रतियोगिताका रेफ्री र एम्पाएरलाई ट्रफी, प्रमाणपत्र र नगद हस्तान्तरण गरिएको थियो ।

प्रतियोगितामा बिजेता खेलाडीलाई गाउँपालिका अध्यक्ष नमराज अधिकारी ‘रोसन’उपाध्यक्ष पुर्ण प्रसाद कालाथोकी र प्रमुख प्रशासकीय अधिकृत भिमकान्त भण्डारीले संयुक्तरूपमा टीका खादा लगाई ट्रफी, मेडल र प्रमाणपत्र हस्तान्तरण गर्नुभएको थियो

गाउँपालिका अध्यक्ष नमराज अधिकारी ‘रोसन’ को अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष पुर्ण प्रसाद कालाथोकी र प्रमुख प्रशासकीय अधिकृत भिमकान्त भण्डारी, वडा अध्यक्षहरु, जनप्रतिनिधि, कर्मचारी, खेलाडी, नागरिक र दर्शकको उपस्थिति रहेको थियो।

शुक्रबार संविधानसभा सदस्य नारायण प्रसाद अधिकारीले उद्घाटन गर्नु भएको प्रतियोगिताको संचालन गाउँपालिका स्वास्थ्य शाखा प्रमुख ध्रुब कुमार पोख्रेलले गर्नु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय