अनिल खत्री
गुल्मी । गायिका कल्पना कुसुमको पञ्चे बाजाको गीत ‘नाचम नाचम भो बाजा तालैम’ सार्वजनिक भएको छ । मंसिर महिनामा बिहे गर्ने लगन हुने भएकोले यो महिना बिहे गर्ने जोडिहरुका लागि उत्तम महिना मानिन्छ ।

यस महिनामा धेरैको बिहे हुने गर्दछ । यहिँ लगनको महिनालाई मध्यनजर राखेर गायिका कुसुमको पञ्चे बाजाको गीत ‘नाचम नाचम भो बाजा तालैम’ सार्वजनिक भएको हो । गीतमा बाजा तालैमा नाच्न मन लागेको कथा वस्तुमा तयार भएको छ । बाजा तालमा नाच्ने र लैजाने गीतमा शब्द भाव रहेको छ ।

लगनको महिनामा नाच्नेहरुका लागि तयार भएको गीतमा गायिका कल्पना कुसुम र गायक सन्दिप न्यौपानेको स्वर रहेको छ । रविन लामिछानेको शब्द रहेको गीतमा श्रीधर अधिकारीको लय रहेको छ ।
गीत कल्पना कुसुमको युट्युव च्यानलबाट सार्वजनिक भएको छ । गायिका कुसुमका यसअघि पनि विभिन्न गीतहरु सार्वजनिक भएका छन् । सार्बजनिक गित लोकप्रिय बनेका छन् ।

ती गीतहरु निकै लोकप्रिय बनेका थिए । यसपटक सार्वजनिक भएको गीत पनि धेरै दर्शक श्रोताले मन पराउने गायिका कल्पनाले बताउनुभयो ।

अहिले सार्वजनिक भएको पञ्चे बाजाको गीतमा माया प्रेमका कथा वस्तुमा तयार भएको छ । गीतमा युवा पिडीलाई लक्षित गरेर गीत सार्वजनिक भएको उहाँको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय