अर्घाखाँची । अर्घाखाँचीको सिमेदेउरालीमा लाग्ने पुर्णिामा मेला हेर्न आउनेको घुइँचो लागोको छ ।
सोमबार जिल्लाको मालारानी गाउँपालिका- ९, स्थित सिमदेउरालीमा पुर्णिामाको दिन भब्य मेला लाग्ने भएकोले यहाँ मेला हेर्न आउनेको घुइँचो लागेको हो । मेला लाई हजारौंले अवलोकन गरेको मेला आयोजकले जनाएको छ ।
पौराणिक परम्परालाई जगेर्ना गर्ने उदेश्यले सिमेदेउरालीमा पुर्णिामाको दिन मेला लाग्ने गेरेको मालारानी गाउँपालिका- ९,का वडा अध्यक्ष महेन्द्र बाबू खनालले जानकारी दिनुभयो।
यहाँ लाग्ने पुर्णिामा मेलामा परम्परागत रुपमा खेल्दै आएको सोरठी भाखाका भैलो नाचको सहभागिता हुने भएकोले यो नाच हेर्नेको घुइँचो लाग्ने गरेको अध्यक्ष खनालले भनाइ छ। वडा अध्यक्ष खनालका अनुसार “बर्सेनि पुर्णिामाको दिन भब्य मेला लाग्ने गर्छ ।” मेला हेर्न छिमेकी जिल्ला प्युठान, गुल्मी लगाएका जिल्लाबाट स्थानीयहरु आउने गरेको बताउनुभयो ।
पुर्णिामा मेला ब्यवस्थापनको लागि गतवर्ष वडा कार्यालयले १ लाख रकमा बिनियोजन गरेको थियौं । उहाले भन्नुभयो, ” यस आर्थिक वर्षमा वडामा बजेट अभावको कारण स्थानीय बजार ब्यवस्थापन समिती मार्फत रु ५ सयका दर प्रत्येक ब्यापारीबाट रकम संकलन गरेर मेला ब्यवस्थापन गरिएको उहाँले बताउनुभयो । यसपटक १५ वटा स्थानीय भैलो नाच मेलामा सहभागी रहेको उहाँले जानकारी दिनुभयो । सबै सहभागी भैलो नाचलाई भैलो खर्च बाफत ६ हजार प्रोत्साहन रकम उपलब्ध गरिने छ, उहाँले भन्नुभयो ।
यहाँ लाग्ने पुर्णिामा मेलाको निकै ऎतिहासिक महत्त्व रहेको मल्लरानी गाउँपालिका-१, का वडा सदस्य कमल पौडेलले बताउनुभयो । पछिल्लो समय स्थानीय कला संस्कृती मसिदै गैरहेको बेला यहाँका स्थानीय आफ्नो परम्परागत कला संस्कृती जगेर्नामा लाग्नु सकारात्मक भएको पौडेलको भनाइ छ। स्थानीयले आफ्नो गाउँटोलमा भएको भेषभुसामा सजिएर सोरठी भैलो नाचमा दर्शनार्थी झुमेका थिए ।
मेला हेर्न पुगेका स्थानीयको किनमेल गर्ने परिकारमा सबैभन्दा आक्रषण जेरी बनेको थियो । मेलामा जाने अधिकाम्सले जेरि किनेर घर लैजाने गरेको पाइन्थ्यो। मेलामा स्थानीय उत्पादन पाडोको मासुमा मेला हेर्न पुगेका युवाहरू त्यत्तिकै भिड लागेका थिए ।
अत्यन्तै रमणीय स्थान मालारानी सिमेदेउरालीमा लाग्ने पुग्ने जो कहिँको मब लोभ्याउने गर्दछ। यहाँबाट हिमाल नजिकै देखिने भएकोले झनै रमाइलो दृश्य देख्न पाइन्थ्यो । यो सुन्दर दृश्यलाई कैद गर्न टिकटक बनाउन मेला हेर्न गएका स्थानीय ब्यस्त रहेको थिए ।