
प्युठान । सरुमारानी गाउँपालिका-२ दर्भानमा सामुदायिक स्वास्थ्य ईकाई स्थापना भएको छ । सामुदायिक स्वास्थ्य ईकाइ दर्भानको गाउँपालिकाका अध्यक्ष झग बहादुर विश्वकर्माले उद्घाटन गर्नुभएको हो ।
यो संगै पालिकामा १० वटा स्वास्थ संस्था पुगेका छन । ३ वटा स्वास्थ्य चौकी, ३ वटा आधारभूत स्वास्थ सेवा केन्द्र र ४ वटा सामुदायिक स्वास्थ्य ईकाई रहेको स्वास्थ्य शाखा प्रमुख टेकेन्द्र रायमाझीले जानकारी दिनुभयो । दर्भान सामुदायिक स्वास्थ्य ईकाईमा एक जना अहेव र एक जना कार्यालय सहयोगी रहने रायमाझीले बताउनुभयो ।
सरुमारानी गाउपालिका-२ का वडा अध्यक्ष भानुभक्त भुसालकाे अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा गाउँपालिकाका अध्यक्ष झग बहादुर विश्वकर्माकाे प्रमुख आतिथ्यतामा, उपाध्यक्ष बसन्ता खड्काकाे विशिष्ट आतिथ्यता रहेको थियो । कार्यक्रममा प्रबक्ता तथा ४ नं वडा अध्यक्ष चिन्त सोमै , २ नं. वडाका सदस्य खडगेश्वरी माविका विव्यस अध्यक्ष माेहन पन्थी, प्रधानाध्यापक सुन्दर भण्डारी , स्वास्थ्य शाखा प्रमुख टेकेन्द्र रायमाझीकाे आतिथ्यता रहेको थियो ।