रमेश गिरी
प्युठान । जिल्लामा एकीकृत अखिल नेपाल शिक्षक संगठन प्युठानले आगामी चैतसम्म नगरपालिका र गाउँपालिका स्तरीय शिक्षक संगठन गठन गर्ने तयारी गरेको जनाएको छ । शनिबार बहुउद्देश्यीय शैक्षिक भवन पुण्यखाेला प्युठानमा बसेको संगठनको जिल्ला कार्य समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

त्यस्तै समग्र जिल्ला, नगरपालिका र गाउँपालिकाको पेशागत सुरक्षाको लागि संगठनलाई चुस्त दुरूस्त बनाउने र संगठन सुदृढीकरण गर्न कार्यदल समेत गठन गर्ने निर्माण गरिएकाे छ । बैठकको निर्णय अनुसार गाैमुखीमा जायश्वर जैसी, झिमरुकमा विजयसागर गिरी, मल्लरानीमा मधुसूदन खड्का, माण्डवीमा खिमान्ध पाेख्रेल, ऐरावती नर बहादुर घर्ती, सरूमारानीमा याेग कुमार पाण्डे, नाैबहिनीमा गाेपाल घिमिरे, स्वर्गद्वारीमा तेज पिएम र प्युठान नगरपालिकामा केशव पण्डितकलाई संगठनको संयाेजक तोकिएको एकीकृत अखिल नेपाल शिक्षक संगठनका जिल्ला अध्यक्ष कमल जिसीले जानकारी दिनुभयो ।

शैक्षिक पेशालाई थप मर्यादित र शैक्षिक गुणस्तर वृद्धिको लागि समयानुकूल शिक्षकहरु अगाडि पढ्नुपर्ने बताइएको छ । संगठनकाे सदस्यीयता नविकरण यहि माघ मसान्तसम्म सक्ने र शिक्षक पेशाबाट अनिवार्य अबकाश प्राप्त शिक्षकहरूलाई बिदाई तथा सम्मान गर्ने निर्णय गरीएकाे संगठनले जनाएको छ । जिल्ला बैठकले एकीकृत अखिल नेपाल शिक्षक संगठन लुम्बिनी प्रदेश कमिटी सदस्य यमराज शर्माकाे बुबाकाे मृत्युु प्रति शाेक प्रस्ताव पारित गरेकाे छ ।

जिल्ला उपाध्यक्ष जायश्यर जैशी, शैलजा पण्डित, प्रदेश उपाध्यक्ष विस्नु प्रसाद पाेख्रेल, केन्द्रीय सल्लाहकार बामदेव पाेख्रेल, फ्याक्सन ईन्चार्ज कृष्ण घिमिरे लगायत शिक्षक नेताहरूले आफ्नो धारणा राख्नु भएकाे थियाे। जिल्ला अध्यक्ष कमल जिसीकाे अध्यक्षता भएकाे बैठककाे संचालन सचिब गाेपाल घिमिरेले गर्नु भएकाे थियाे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय