प्युठान । झिमरुक गाउँपालिका-६ को मर्कावाङ स्थित गोयलिचौर खेल मैदानमा वडा स्तरीय खुल्ला भलिबल प्रतियोगिता संञ्चालन हुने भएको छ । झिमरुक गाउँपालिका-६ नम्बर वडा कार्यालयको आयोजनामा आउदो कात्तिक ११ र १२ गते भलिबल प्रतियोगिता संञ्चालन हुने भएको हो ।
झिमरुक-६, स्थित मर्कावाङको गोयलीचौर खेल मैदानमा हुने भलिबल प्रतियोगितामा प्रथम, द्धितिय र तृतीय हुनेहरुले क्रमश नगद २१ हजार ५ सय, १६ हजार ५ सय र ११ हजार ५ सय नगद सहित मेडल र प्रमाणपत्र प्रदान गरिने वडा अध्यक्ष धन बहादुर पुनले जानकारी दिनुभयो ।
त्यस्तै सान्त्वना हुनेलाई ६ हजार ५ सय नगद पुरस्कार मेडल र प्रमाणपत्र उपलब्ध गराइने छ । उत्कृष्ट खेलाडी र अनुसाशित खेलाडीलाई नगद १ हजार ५ सय रुपैया, मेडल र प्रमाणपत्र प्रदान गरिने पुनले जानकारी दिनुभयो ।
वडा स्तरीय किर्केट प्रतियोगिता हुने
झिमरुक गाउँपालिका-६ स्थित अर्गेली बगरमा वडा स्तरीय खुल्ला किर्केट प्रतियोगिता संञ्चालन हुने भएको छ । झिमरुक गाउँपालिका-६ नम्बर वडा कार्यालयको आयोजना आउदो कात्तिक १४ र १५ गते किर्केट प्रतियोगिता संञ्चालन हुने भएको हो ।
दुई दिन सम्म संञ्चालन हुने प्रतियोगितामा झिमरुक-६, स्थित अर्गेलीको बगरमा हुनेछ। किर्केट प्रतियोगितामा प्रथम, द्धितिय र तृतीय हुनेहरुले क्रमश नगद १० हजार, ८ हजार, ५ हजार नगद सहित मेडल र प्रमाणपत्र प्रदान गरिने वडा अध्यक्ष धन बहादुर पुनले जानकारी दिनुभयो । म्यान अफ द सिरिज हुने खेलाडीलाई १ हजार ५ सय नगद, मेडल र प्रमाणपत्र प्रदान गरिने पुनले जानकारी दिनुभयो
दुइ दिनसम्म सञ्चालन हुने प्रतियोगितामा खेलको नियम अनुसार खेल खेलाइने आयोजकले जनाएको छ । ईच्छुक ब्यक्तिलाई प्रतियोगितामा सहभागिता जनाउन आयोजकले आग्रह गरेको छ । पुरस्कार राशिमा नेपाल सरकारको नियम अनुसार करकट्टि समावेश गरी प्रदान गरिने छ ।


S.K. Creative Media Group