सुजल श्रेष्ठ
प्यूठान । जिल्लाका सवै बालबालिकाले पूर्ण रुपमा १३ प्रकारको खोप लगाएका छन । पूर्ण खोप निर्देशिका बमोजिम जिल्लाका सवै बालबालिकाले पाउनुपर्ने सवै प्रकारको खोप लगाएको स्वास्थ्य कार्यालय प्यूठानले जनाएको छ ।

चालु आर्थिक वर्षमा जिल्लाभर तीन हजार २६३ जना बालबालिकाले पूर्ण रुपमा खोप लगाएको स्वास्थ्य कार्यालय प्युठानका कोल्डचेन अधिकृत कोशलराज वैद्यले बताउनुभयो । आंशिक मात्रामा खोप लगाएका ६० जना बालबालिकालाई समेत सवै प्रकारको खोप दिएर पूर्ण खोपको दायरामा ल्याइएको उहाँले बताउनुभयो ।

जिल्लाका वडा, पालिका हुँदै शुक्रबार जिल्लालाई पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा गरिएको छ । पहिलो पटक २०७२ पुस १५ गते पूर्णखोपयुक्त जिल्ला घोषणा गरिएको थियो । त्यसपछि निरन्तर रुपमा जिल्लामा खोप अभियानलाई प्रभाकारी बनाउँदै पूर्ण खोप दिगोपना सुनिश्तिता घोषणा गर्ने गरिएको छ ।

महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मान
कार्यक्रमका अवसरमा ११ जना महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मान गरिएको छ । सेवाबाट विदा हुनुभएका महिला स्वास्थ्य स्वयंसेविकालाई नगद, सम्मानपत्र, मायाको चिनो र दोसल्ला सहित सम्मान गरिएको हो । स्वयंसेविकालाई जनही प्रदेश सरकारबाट ५० हजार र संघीय सरकारबाट २० हजार अनुदान प्रदान गरिएको छ ।

त्यसैगरी खोप अभियान सञ्चालनमा उत्कृष्ट काम गर्ने स्वास्थ्यकर्मीलाई समेत सम्मान गरिएको छ । जिल्लाका नौ वटा स्थानीय तहका नौ जना स्वास्थ्यकर्मीलाई सम्मान गरिएको हो ।

जिल्ला खोप समन्वय समिति प्यूठानका अध्यक्ष एवं जिल्ला समन्वय समिति प्यूठानका प्रमुख धरम बहादुर जिसीको अध्यक्षतामा भएको कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य तुल्सीराम शर्माको प्रमुख आतिथ्यता रहेको थियो । स्वागत जिल्ला समन्वय समिति प्यूठानका उप प्रमुख दुर्गा रेग्मी र सञ्चालन स्वास्थ्य कार्यालय प्यूठानका कोल्डचेन अधिकृत कोशलराज वैद्यले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय