प्यूठान । ऐरावती गाउँपालिकाले सम्झौताको समय अगावै निर्माण सम्पन्न गरेको निर्माण व्यवसायीलाई सम्मान गरेको छ । पालिका पहुँचमाग अन्र्तगत कैरन–पकला सडक कालोपत्रे गर्ने आँशु निर्माण सेवाका प्रोपाईटर बालाजु श्रेष्ठलाई सम्मान गरेको हो ।

गाउँपालिकाले श्रेष्ठलाई नगद ५० हजार रुपियाँ सहित सम्मान गरेको हो । साथै सोही अवसरमा उक्त योजना कार्यान्वय गर्ने लुम्बिनी प्रदेश अन्र्तगतको सडक पूर्वाधार कार्यालय प्यूठानलाई समेत सम्मान गरिएको छ । गाउँपालिकाले कार्यालयका निमित्त प्रमुख चन्द्र बहादुर शाहलाई सम्मान गरेको हो ।



S.K. Creative Media Group