प्यूठान । नौबहिनी गाउँपालिका-५ डामृमा गर्भवती महिलाहरुको लागी रक्तपरिक्षण, ग्रामीण भिडियो एक्सरे तथा सम्मान कार्यक्रम सङ्गै गर्भवती उद्दार समूहलाई अभिमुखिकरण तथा विस्तार कार्यक्रम सप्पन्न भएको छ ।

शुक्रबार ५ नम्बर वडामा सम्पन्न कार्यक्रमबाट ५५ जना गर्भवती महिलाहरुले सेवा लिएका छन् । पूर्ण संस्थागत प्रसुति सेवायुक्त वडा तथा पालिका सुनिश्चित गर्नका लागि यस कार्यक्रम राखिएको हो ।

कार्यक्रममा जनप्रतिनिधि, सामुदायिक स्वास्थ्य स्वयंसेविका, आमा समुह, युवा क्लब, बाल क्लब, टोल विकास संस्था लगायतबाट प्रतिनिधित्व हुने गरि गर्भवती महिला उद्दार समूह मुल समिति गठन गरिएको छ । उक्त मुल समितिले टोलटोलमा उद्दार समूह गठन गर्नेछ र त्यस समुहले गर्भवती महिलाहरुलाई स्वास्थ्य संस्थासम्म ल्याउन मद्दत गर्नेछ ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका नौबहिनी गाउँपालिका अध्यक्ष दिल बहादुर थापाले विगतमा प्रविधिको विकास नभएको, स्वास्थ्य संस्थाको महत्त्व नबुझेकाले हरेक प्रकारका दु:ख झेल्नुपरेको अवस्थालाई सम्झदै भुगोलले थगिए पनि स्वयंसेविका सङ्गै अब गठन हुने गर्भवती महिला उद्दार समुहले घरमा हुने सुत्केरी शुन्य गर्नमा ठुलो सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।


कार्यक्रमका विशेष अतिथि गाउँपालिका उपाध्यक्ष विस्ना थापाले गर्भवती महिलाहरुको पीडा आफुले बुझेकाले स्वास्थ्य संस्थामा आई नलजाई, नडराई आफ्नो समस्या स्पष्ट बताउन सके सुरक्षीत गर्भधारण हुने बताउनुभएको थियो ।

नौबहिनी गाउँपालिका ८ स्थित फोप्ली स्वास्थ्य चौकीका प्रमुख प्रकाश घिमिरेले गर्भवती महिलाको उद्दार सम्बन्धि अभिमुखिकरण गर्दै स्वास्थ्य स्वयंसेविका, आमा समुहका प्रतिनिधिहरुसङ्ग प्रत्यक्ष छलफल गर्दै घरमा हुने गर्भधारणका समस्या र जोखिम तथा स्वास्थ्य संस्थामा गर्भधारण गर्नुका फाइदाबारे स्पष्ट पार्नुभएको थियो ।

गर्भवति महिलाको उद्दार कार्यक्रम यस अघि नौबहिनी गाउँपालिकाको १ नम्बर वडा स्याउलिबाङ, २नम्बर वडा लिघा, ३ नम्बर वडा सारिवाङ, ४ नम्बर वडा खबाङमा उक्त कार्यक्रम सम्पन्न गरिसकेको छ भने ८ नम्बरवडा फोप्लिमा गत वर्ष नै कार्यक्रम गरिसकेको छ । भने गर्भवती महिलाहरुको लागी रक्तपरिक्षण, ग्रामीण भिडियो एक्सरे तथा सम्मान कार्यक्रम नौबहिनी गाउँपालिकाका ८ वटै वडामा सम्पन्न गरिसकेको छ ।


नौबहिनी गाउँपालिकाभर घरमा हुने र स्वास्थ्य संस्थामा हुने सुत्केरीहरुको विवरण प्रस्तुत गर्दै जिल्लाभर नौबहिनी गाउँपालिकामा अन्य स्थानीय तहको तुलनामा घरमा हुने सुत्केरी पहिलो स्थानमा रहेकोले यसलाई घटाउन सम्पुर्ण गर्भवती महिलाहरूलाई सचेत गराउनुपर्ने नौबहिनी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख ऋषिराम शर्माले बताउनुभएको थियो ।

नौबहिनी गाउँपालिका ५ नम्बर वडा अध्यक्ष दलराज पुन मगरले सञ्चालन सामुदायिक स्वास्थ्य इकाई काटेका प्रमुख खिमा घर्ती मगरले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय