प्यूठान । प्यूठान जिल्लामा सञ्चालन भएको बहुक्षेत्रिय पोषण कार्यक्रमको समीक्षा गरिएको छ । जिल्ला समन्वय समिति प्यूठानको आयोजनामा आर्थिक वर्ष २०८१।०८२ मा जिल्लाका नौ वटै स्थानीय तहमा सञ्चालन भएको कार्यक्रमको शुक्रबार समिक्षा गरिएको हो ।

समिक्षा कार्यक्रममा सहभागी पोषण सहजकर्ताले आर्थिक वर्षमा सञ्चालन गरेको गतिविधि प्रस्तुत गर्नुभएको थियो । प्रत्येक पालिकालाई ११ लाख ३५ हजार रुपियाँका दरले बजेट प्राप्त भएको सहजकर्ताले बताएका थिए । यहि असार ५ गते मात्र बजेट फुकुवा भएकाले सरुमारानी गाउँपालिका र ऐरावती गाउँपालिकामा सात/सात लाख रुपियाँको अनुदान सहयोग कार्यक्रम हुन नसकेको सहजकर्ताले बताएका छन ।

जिल्लाका कतिपय स्थानीय तहले बहुक्षेत्रिय पोषण कार्यक्रमलाई प्राथमिकतामा नराख्दा कार्यक्रमलाई प्रभावकारी रुपमा अघि बढाउन नसकिएको गुनासो गरेका थिए । कतिपय गाउँपालिका तथा नगरपालिकाले भने थप बजेटको समेत व्यवस्था गरेर पोषण कार्यक्रमलाई प्राथमिकता दिएको सहभागीको भनाई छ ।

कार्यक्रममा प्रमुख अतिथी जिल्ला समन्वय समिति प्यूठानका प्रमुख धरम बहादुर जिसीले यस आर्थिक वर्षमा बहुक्षेत्रीय पोषण कार्यक्रमका लागि एक करोड २ लाख १५ हजार रुपियाँ बजेट प्यूठानमा प्राप्त भएको बताउनुभयो । उहाँले जिल्लामा प्राप्त बजेटको सही सदुपयोग गर्दै पोषणमैत्री स्थानीय तह बनाउन सवैले भूमिका खेल्नुपर्ने बताउनुभयो । धेरै क्षेत्रसँग जोडिएर बहुक्षेत्रिय पोषण कार्यक्रम लागु भएको भन्दै त्यसको सही कार्यान्वय गराउनु स्थानीय तहको समेत दायित्व भएको बताउनुभयो । वैदेशिक ऋण अनुदानमा सञ्चालन भएको यस कार्यक्रमलाई सफल बनाउन स्थानीय तहले समेत प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो ।

जिल्ला समन्वय समिति प्यूठानका समन्वय अधिकारी भोज बहादुर भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा उप प्रमुख दुर्गा रेग्मीको विशेष आतिथ्यता थियो । कार्यक्रममा स्वागत लेखापाल प्रभा ओली र सञ्चालन खरिदार दिपक पुनले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय