प्यूठान । राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेलले सरकारले तोकिएको समयमा निर्वाचन गराउनेमा शंका व्यक्त गर्नुभएको छ । राष्ट्रिय जनमोर्चा जिल्ला समिति प्यूठानले आयोजना गरेको जागरण सभालाई सम्बोधन गर्दै उहाँले आफ्नो पक्षले जित्ने गरी चुनाव गराउने खेलमा सरकार रहेको उहाँले बताउनुभयो ।

‘अमेरिकाले नेपालमा खोलेका पार्टी र उसका एजेन्टहरुले जित्ने निश्चित गर्न निर्वाचन परिणामको मुल्याङ्कन गर्दै छन् ।’ ,सभालाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, ‘हिँउ परेपनि, चार जना मान्छे भएपनि सेना लगाएर निर्वाचन गर्छन्, यदि यीनिहरुलाई फाइदा हुने स्थिति भएन भने निर्वाचन सार्न सक्छन् ।’

बारबरा फाउण्डेसनको नाममा अमेरिकाले ‘फण्डिङ्ग’ गरेर जेनजी आन्दोलनको नेतृत्व गरेको उहाँले आरोप लगाउनुभयो । मुलुकको भविष्यको लागि र देश जोगाउनका लागि मताधिकारको सहि उपयोग गर्न उहाँले आव्हान समेत गर्नुभयो ।

युवाहरुमा बैचारिक दृष्टिकोण सहितको नेतृत्वको खाँचो रहेको समेत नेता पौडेलले औल्याउनुभएको छ । युवाहरुमा गन्तव्य, वर्तमान र भविष्यसम्मको नेतृत्व गर्ने हिम्मत, आँट, बैचारिक दृष्टिकोण आवश्यक रहेको उल्लेख गर्नुभयो ।


रवि लामिछाने नेतृत्वको स्वतन्त्र पार्टी अमेरिकी सिआईएबाट संचालित पार्टी भएको राष्ट्रिय जनमोर्चाका लुम्बिनी प्रदेश अध्यक्ष बोमबहादुर खत्रीले आरोप लगाउनुभएको छ । इतिहासमा नेपालले कुनै राष्ट्रको गुलामी गर्नु नपरेकोले भन्दै नेकपा (मसाल)का लुम्बिनी प्रदेश प्रवक्ता तिलक जिसीले राष्ट्रियता बारे सबै गम्भिर हुनुपर्नेमा जोड दिनुभयो ।

राष्ट्रिय जनमोर्चा प्यूठानका अध्यक्ष ज्ञामुराम न्यौपानेको अध्यक्षतामा भएको सभामा नेकपा मसाल लुम्बिनी प्रदेशका प्रबक्ता तिलक जिसी, प्रदेश सभा सदस्य तारा थापा, अखिल (छैठौं)का अध्यक्ष सुवा जिसीले पनि सम्बोधन गर्नुभएको थियो । बिजुवारमा भएको सभाको संचालन जिल्ला सचिव केशव आचार्यले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय