प्यूठान । मल्लरानी गाउँपालिकामा छैठौं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता बिहिबार देखी सुरु भएको छ । मल्लरानी गाउँपालिका-४ टुडिखेल खेल मैदानमा लुम्बिनी प्रदेश शभा सदस्य धनलक्ष्मी श्रेष्ठले प्रतियोगिताको उद्घाटन गर्नुभएको हो ।

कार्यक्रम उद्घाटन कार्यक्रममा प्रमुख अतिथि श्रेष्ठले खेलकुदले मानिसलाई शारीरिक स्वस्थता प्रदान गर्नुको साथै अनुशासन सिकाउने भएकाले महत्त्वपूर्ण रहेको बताउनुभयो । उहाँले सहभागी खेलाडीलाई शुभकामना दिदै अनुशासनमा रहेर आत्मविश्वास सहित प्रतियोगितामा भाग लिन हौसला प्रदान गर्नुभयो ।


प्रतियोगितामा पालिका भित्रका ८ वटा माध्यमिक विद्यालयले सहभागिता जनाएका छन । तिनदिन सम्म चल्ने खेलमा भलिबल, र एथलेटिक्स तर्फका विविध प्रतियोगिताहरु हुदैछन ।

गाउँपालिका अध्यक्ष कृष्ण बहादुर खड्काको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष रमेशकुमार श्रेष्ठले राख्नुभएको थियो । कार्यक्रमको संचालन शिक्षा शाखा प्रमुख ठाकुर प्रसाद आचार्यले गर्नुभएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय