प्यूठान । जिल्ला प्यूठान नगरपालिका-३ स्थित मुक्ति माध्यमिक विद्यालय रातामाटाका विद्यार्थीहरुलाई ट्राफिक सचेतना कार्यक्रम संचालन गरिएको छ । अस्थायी ट्राफिक प्रहरी पोष्ट विजुवारका ट्राफिक प्रहरीले बिद्यालयका कक्षा ११ र १२ मा अध्ययरत विद्यार्थीहरुलाई कक्षा संचालन गरिएको हो ।
सडक काट्दा जेब्रा क्रसको प्रयोग गर्ने, पैदल यात्रुले सडक लेनको दायाँ साइड प्रयोग गर्ने, रोकिएको गाडी भन्दा अन्दाजी १० मिटर टाढाबाट बाटो काट्ने, लाईसेन्स भएकाले मात्र सवारी साधन मोटरसाइकल, स्कुटर चलाउने र लाईसेन्स नभई सवारी चलाउँदा हुने कानुनी कारवाही लगायतका विषयमा कक्षा संचालन गरिएको विजुवारका ट्राफिक प्रहरी कार्यालयका सहायक प्रहरी हवल्दार लछुमन गिरीले जानकारी दिनुभयो ।
बिद्यालयका विद्यार्थीहरुलाई अस्थायी ट्राफिक पोष्ट विजुवारका ट्राफिक प्रहरी लछुमन गिरी र जीवराज गिरीले प्रशिक्षण दिनुभएको थियो । यो अभियान निरन्तर रुपमा सञ्चालन गरिने जानकारी दिनुभयो । दुर्घटना न्यूनीकरण गर्ने उदेश्य सचेतता अभियान सुरु गरिएको छ ।



S.K. Creative Media Group