प्यूठान । नेकपा (माओवादी) बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार बन्नुभएकी सिता विक (सम्झना सी) ले महिला र दलित समुदायको उत्थानका लागि आफ्‌नो उम्मेदवारी रहेको बताउन भएको छ । शुक्रबार जुम्रीमा आयोजित पत्रकार भेटघाटमा बोल्दै उम्मेदार विकले आफ्‌नो उम्मेदवारी महिला र दलित समुदायको लागि समेत अवसर भएको बताउनुभएको हो ।

प्रतिवद्धता पत्र सार्वजनिक समेत गरिएको उक्त कार्यक्रममा उम्मेदवार विकले आफूहरुले जनताको पक्षमा लड्दै आएको र जनताको हितमा काम गर्नकै लागि चुनावमा होमिएको बताउनुभयो । “प्रतिवद्धता पत्रमा धेरै गुलिया कुरा छैन,” उहाँले भन्नुभयो, “हामीले गर्न सक्ने र गरिरहेको नमुना कामहरु हामीले राखेका छौं ।” आफ्‌नो उम्मेदवारी निष्ठा, त्याग, सर्मपण र वलिदानको इतिहाससँग जोडिएको उहाँको भनाई छ । देश, जनता र परिवर्तनका लागि लडेका योद्धाहरुले जित्नुपर्ने उहाँले बताउनुभयो ।

कार्यक्रममा नेकपा (माओवादी) का जिल्ला इन्चार्ज बुलेट सीले चुनावी प्रतिवद्धता प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा समानुपातिक उम्मेदवार खिमानन्द अधिकारीले अहिले मुलुकमा साम्राज्यवादीहरुको खतरा रहेकाले त्यसलाई रोक्नका लागि चुनावमा आफ्‌नो पार्टीले भाग लिएर जनतालाई सचेत गराउँदै आएको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय