चितवन । मुग्लिन–नारायणगढ सडकखण्ड अन्तर्गत जलविरे क्षेत्रमा आइतबार बिहान दुईवटा बस एकआपसमा ठोक्किँदा सडक अवरुद्ध भएको छ।
जलविरेमा २ वटा सवारीसाधन एकआपसमा ठक्कर खाँदा अहिले उक्त सडकखण्ड अवरुद्ध भएको सडक डिभिजन भरतपुरले जनाएको हो।
सडक डिभिजन भरतपुरका अनुसार आइतबार बिहान ७स्१५ बजे उक्त सडकखण्डमा दुर्घटना भएपछि सवारी आवागमन प्रभावित भएको जनाएको छ ।
यसअघि वर्षाको कारण सुरक्षाको दृष्टिकोणले जिल्ला प्रशासन कार्यालयको निर्णयअनुसार शनिबार राति १० बजेदेखि मुग्लिन–नारायणगढ सडकखण्डमा रातिको समयमा सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको थियो ।
सो प्रतिबन्ध आइतबार बिहान हटाइएपछि सवारीसाधन सञ्चालन सुरु भएको केही समयमै जलविरेमा दुई बस ठोक्किएपछि पुनः सडक अवरुद्ध भएको जनाइएको छ ।
सडक दुर्घटनामा मानवीय क्षतिबारे भने तत्काल कुनै विवरण सार्वजनिक गरिएको छैन । थप विवरण आउन बाकी रहेको छ । सडक डिभिजन भरतपुरले चालकहरूलाई हतार नगरी सीमित गतिमा तथा लेन अनुशासन पालना गर्दै सवारीसाधन सञ्चालन गर्न आग्रह समेत गरिएको छ।


S.K. Creative Media Group