प्युठान । प्युठानमा ट्राफिक प्रहरीद्वारा विद्यार्थीलाई धमाधम ट्राफिक नियम सिकाउन थालेको छ । सडक दुर्घटना न्यूनीकरण गर्ने उदेश्यले सडक तथा बिद्यालय मै पुगेर विद्यार्थीलाई ट्राफिक सुरक्षा सम्बन्धि नियम सिकाउन थालेको हो ।
अस्थायी ट्राफिक पोष्ट विजुवारले कालिका आवासीय माध्यमिक विद्यालय प्युठान नगरपालिका-४ विजुवारका विद्यार्थीहरुका लागि ट्राफिक सचेतना कार्यक्रम संचालन गरिएको अस्थायी ट्राफिक पोष्ट विजुवार प्युठानका सहायक प्रहरी हवल्दार लछुमन गिरीले जानकारी दिनुभयो ।
स्कुलका विद्यार्थीलाई सडक र सडक चिन्ह प्रयोग, बाटो काट्दा जेब्रा क्रसको प्रयोग गर्ने, पैदल यात्रीले सडकको दायाँ साइड प्रयोग गर्ने, रोकिएको सवारी भन्दा अन्दाजी ५–१० मिटर टाढाबाट बाटो काट्ने विषयमा जानकारी गराइएको सहायक प्रहरी हवल्दार गिरीले जानकारी दिनुभयो ।
लाइसेन्स भएकाले मात्र सवारी साधन चलाउने, लाइसेन्स नभई सवारी चलाउँदा हुने कानुनी कारबाही लगायतका बिषयमा ट्राफिक सचेतना कार्यक्रम सञ्चालन गरिएको सहायक प्रहरी हवल्दार गिरीले जानकारी दिनुभयो ।
ट्राफिक नियम पालना हुन नसक्दा विभिन्न सडक दुर्घटना हुने गरेकोले दुर्घटना न्यूनीकरण गर्न यो अभियान थालिएको कार्यालयले जनाएको छ । ट्राफिक नियमको अभावमा साना साना बालबालिकाले ज्यान गुमाउन नपरोस् भन्ने नै हो । त्यसको लागि विद्यार्थीलाई स्कुल तहबाटै यो शिक्षा जरुरी रहेको बताउनुभयो ।



S.K. Creative Media Group