रुकुम पूर्व । रुकुम पूर्वमा कुल १९ हजार १८८ मत खसेको छ । यो संख्या कुल मतदाताको ५५.१८ प्रतिशत रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत इश्वरी प्रसाद सुवेदी ले दिएको जानकारीअनुसार खसेको मतमध्ये ९ हजार २४ पुरुष र १० हजार १६४ महिला रहेका छन् । सुवेदीका अनुसार जिल्लाका तीनवटै स्थानीय तहमा उत्साहजनक सहभागिता देखिएको छ ।
स्थानीय तहअनुसार पुथा उत्तरगंगा गाउँपालिका मा ६ हजार १३१, सिस्ने गाउँपालिका मा ६ हजार ७९० र भूमे गाउँपालिका मा ६ हजार २६७ मत खसेको छ । जिल्लाभर शान्तिपूर्ण वातावरणमा मतदान सम्पन्न भएको र अब सबै मतपेटीका पुगेपछि सर्वदलीय बैठक बसेर मतगणनाको तयारी हुने सहायक निर्वाचन अधिकृत सुवेदीको भनाइ छ ।



S.K. Creative Media Group