डाेटी । डाेटीमा बाेलेराे जीप दुर्घटना हुँदा दुईजनाकाे घटनास्थलमै मृत्यु भएकाे छ ।

सोमबार राती करिब साढे बाह्र बजेकाे समयमा आदर्श गाउँपालिका वडा नं. ६ रौसेल्ला खोला स्थित मौवा-गिरिचौका भित्री कच्ची सडकखण्डमा खतेडाबाट काँडीस्याउले तर्फ जाँदै गरेको सु.प.प्र. ०१ ००१ च ३९२३ नं. काे बाेलेराे जीप दुर्घटना भएकाे र जीपमा रहेका चालक सहित दुईजनाकाे मृत्युु भएकाे हाे ।

साेहि पालिका वडा नं. ०३ काँडीस्याउले बस्ने अन्दाजी बर्ष २२ का चालक सुबोध रोकाया र जीपमा सवार साेहि ठाउँका अन्दाजी बर्ष १९ का कैलाश बिककाे घटनास्थलमै मृत्युु भएकाे प्रहरीले जानकारी दिएकाे छ ।

जीप सडकबाट करिब नाै सय मिटर तल साइली खाेलामा खसेकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय