प्यूठान । प्यूठानका निर्माण व्यवसायी बालाजु श्रेष्ठले नेपाल निर्माण व्यवसायी महासंघको कोषाध्यक्ष पदमा उम्मेदवारी दिने बताउनुभएको छ । चैत १७ गतेदेखि काठमाण्डौमा हुन लागेको १३ औं अधिवेशनमा श्रेष्ठले कोषाध्यक्ष पदमा उम्मेदवारी दिन लाग्नु भएको हो ।
ईन्जिनियर आङ दोर्जे लामा नेतृत्वको प्यानलबाट श्रेष्ठ कोषाध्यक्ष पदको उम्मेदवार बन्नुभएको हो । श्रेष्ठ हाल केन्द्रीय सदस्य हुनुहुन्छ । आशु निर्माण सेवाका प्रोपाईटर श्रेष्ठले आधा दर्जन योजना निर्माण सम्झौता भन्दा अगावै सम्पन्न गरेर उदाहरण प्रस्तुत गर्नुभएको छ । जिल्लामा समयमै निर्माण कार्य सम्पन्न गर्ने निर्माण व्यवसायीको रुपमा श्रेष्ठले आफ्नो पहिचान बनाउनुभएको छ ।



S.K. Creative Media Group