प्यूठान । नेपाली लोकदोहोरी क्षेत्रमा फेरि अर्को एउटा मार्मिक र सुमधुर गीत थपिएको छ। मौलिक लोक लय र विछोडको कथालाई समेटेर तयार पारिएको गीत ‘अर्कैसँग जानु’ भर्खरै बजारमा आएको हो।
यस गीतमा नेपाली लोकदोहोरी क्षेत्रकी स्थापित गायिका देवी घर्ती र उदयमान गायक सिर्जन पुनले सुमधुर स्वर दिएका छन्। दुई कलाकारको स्वरको तालमेलले गीतलाई निकै जीवन्त बनाएको छ।
गीतको शब्द रचना स्रष्टा रामु खड्काले गरेका हुन् भने यसमा मदन शाहीले मन छुने संगीत भरेका छन्। संगीत संयोजन (एरेन्ज) को जिम्मेवारी चर्चित संगीतकर्मी विनोद बाजुरालीले सम्हालेका छन् भने विमल छिनालले यस गीतलाई उत्कृष्ट रूपमा रेकर्ड गरेका छन्।
गीतको अडियो जति बलियो छ, यसको भिडियो पनि उत्तिकै स्तरीय बनेको छ। मनोहर भण्डारीले तयार पारेको यस गीतको भिडियोमा  कलाकारहरू संजिता शाही र आयुष रिजालको दमदार अभिनय देख्न सकिन्छ। उनीहरूले गीतको भाव अनुसारको वियोग र प्रेमको अनुभूतिलाई पर्दामा निकै कलात्मक ढंगले प्रस्तुत गरेका छन्।
सामाजिक परिवेश र माया-प्रेमको भोगाइलाई चित्रण गरिएको यो गीतले अहिलेका युवा पुस्तादेखि पाका श्रोतासम्मको मन जित्ने विश्वास निर्माण पक्षले लिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय