प्यूठान । स्वर्गीय आमाबुवा सुरेश पोख्रेल र सरिता पोख्रेलको स्मृतिमा दुई दाजुभाइले विपन्न तथा असहाय परिवारलाई खाद्यान्न सहयोग गर्नुभएको छ ।
प्यूठान नगरपालिका–२, क्वाडी निवासी सचिन पोख्रेल र सुवर्ण पोख्रेलले आफ्ना स्वर्गीय आमाबुवाको सम्झनामा सोही वडाका ३० अति विपन्न, असहाय तथा अशक्त परिवारलाई खाद्यान्न सामग्री वितरण गरिएको हो।
उहाँहरूले स्थानीय स्तरमा अति विपन्न आर्थिक अभावका कारण दैनिक छाक टार्नसमेत कठिनाइ भोगिरहेका परिवारलाई चामल, दाल, नुन, तेललगायतका अत्यावश्यक खाद्यान्न सामग्री सहयोग गर्नु भएको छ ।
आमाबुवाको सम्झनालाई केवल स्मृतिमा सीमित नराखी सामाजिक सेवासँग जोड्ने उद्देश्यले गरिएको यस सहयोगले विपन्न परिवारलाई केही भएपनि राहत पुगेको छ।


S.K. Creative Media Group