प्यूठान । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबिच प्रदेश सभामा सहकार्य गर्ने सहमति भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तीन बुँदे सहमतिमा हस्ताक्षर गर्नुभएको छ।
प्रदेश सभाहरुमा सहकार्य गर्ने तथा संयुक्त सरकार गठन गर्ने, संयुक्त सरकारमा कोशी, बागमती र लुम्बिनी प्रदेशको नेतृत्व नेकपा (एमाले)ले गर्ने सहमति भएको छ भने कर्णाली र सुदूरपश्चिम प्रदेशको नेतृत्व नेकपाले गर्ने सहमति भएको छ ।



S.K. Creative Media Group